सिमेन्ट बोकेर काठमाडौँ आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, चालक र सह चालकको मृत्यु

काठमाडौँ । भैरहवाबाट सिमेन्ट बोकेर काठमाडौंका आईरहेको ट्रक त्रिशूली नदीमा खस्दा दुई जनाको ज्यान गएको छ।

पृथ्वीराजमार्गको बेनीघाटबाट लु१ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो। मृत्यु हुनेमा काभ्रेको बनेपा नगरपालिका नालाका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेका छन्।

Advertisement

दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेका इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताएका छन्।

More News last news
Loading...