काठमाडौं । कान्तिपुर डेन्टल कलेज बसुन्धारामा अध्यनरत १३ औं ब्याजका विद्यार्थीहरुलाई १२ औं ब्याजका विद्यार्थीहरुले स्वागत गरेका छन् ।
आज राजधानीमा आयोजित एक कार्यक्रममा बीच विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी नेपाल सरकारका शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले डेन्टल र सर्जन शिक्षाको महत्व दिनानुदिन वढिरहेकोले गुणस्तरीय शिक्षा र डेन्टल सर्जनको दरबन्दीका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए ।
यस्तै, बिशिष्ट अतिथि चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर कृष्ण गिरीले कान्तिपुर डेन्टल कलेजले नेपालमा मात्र नभई अन्तर्राष्टिय स्तरमा समेत पहिचान बनाईसकेको बताउँदै अझ भविष्यमा कलेजमा अध्यनरत विद्यार्थीहरुलाई स्वदेश तथा विदेशका विभिन्न बिषयमा अनुसन्धान गर्नका लागि तयार रहनका लागि शुभकामना समेत दिए।
यसअघि कलेजका सञ्चालक डा. बुद्धिमान श्रेष्ठले डेन्टल सर्जनका बिषयमा भएका समस्या, दरबन्दी बढाउनुपर्ने, गुणस्तरीय स्वास्थ्यमा जोड दिनुपर्ने, मुख स्वास्थ्य शिक्षालाई सरकारले महत्व दिनुपर्ने लगायतका बिषयमा चर्चा गरेका थिए।
कार्यक्रममा कलेजका प्रिन्सिपल डा. रबिन्द्रमान श्रेष्ठले नवआगन्तुक विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी गराएका थिए भने कलेजका १२ औं व्याजका विद्यार्थी दावा योन्जनको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
