नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा सोमबार थप ८९ जनामा कोरोना पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ८१० पुगेको छ। त्यस्तै थप १ जना संक्रमितको मृत्यु भएको छ।

Advertisement

हालसम्म नेपालमा तीन हजार ११ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। त्यस्तै थप ४२ जना कोरोनामुक्त हुँदा हालसम्म दुई लाख ७० हजार ९२७ जना निको भएका छन्।

हाल नेपालमा ८७२ जना आइशोलेशनमा र ५५ जना क्वारेन्टाइनमा छन्। त्यस्तै हालसम्म २१ लाख ९७ हजार २३५ वटा पीसीआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

More News last news
Loading...