नेपालमा पछिल्लो २४ घण्टामा थप १२० जनामा कोरोना संक्रमित पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नयाँ संक्रमितसँगै नेपाल हाल कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये हाल ८ सय ३२ जना सक्रिय संक्रमित छन्।

Advertisement

गत २४ घण्टामा ६ हजार १ सय ४३ जनाको पीसीआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पुष्टि भएको हो । यो सँगै नेपालमा २१ लाख ८५ हजार १ सय ९० जनाको पीसीआर परीक्षण भएको छ।

गत २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हाल ५८ जना क्वारेन्टाइनमा छन्।

गत २४ घण्टामा ८३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७ सय ६६ पुगेको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...