पछिल्लो २४ घण्टामा थप १२५ जना कोरोना संक्रमित थपिए

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा सोमबार थप १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Advertisement

यो संगै नेपालका हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ। त्यस्तै थप ९० संक्रमित कोरोना मुक्त भएका छन्। हालसम्म नेपालमा २ लााख ६९ हजार ९६६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा सोमबार कोरोनाका कारण कसैपनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन्। त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको निधन नभएको मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ६१ रहेको छ।

More News last news
Loading...