अब शिक्षक र सार्वजनिक यातायातका चालक-सहचालकलाई पनि कोरोना खोप

काठमाडौँ । शिक्षक र सार्वजनिक यातायातका चालक र सहचालकले पनि कोरोना खोप लगाउन पाउने भएका छन्।

नेपालले भारतको सेरम इस्न्टिच्युटसँग खरिद गरेको २० लाखमध्ये १० लाख डोज खोप आइतबार मात्र काठमाडौँ आइपुगेको छ।

Advertisement

त्यसको अघिल्लो दिन शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औषधि पसलमा कार्यरत, प्रयोगशालामा काम गर्ने अरु कर्मचारी र सफाइ कर्मचारीलाई पहिलो चरणमै खोप दिने निर्णय गरेको हो। उनीहरुले ९ र १० फागुनमा खोप पाउनेछन्।

यस्तै महाविद्यालयका प्राध्यापक, शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालकले फागुन २३ गतेदेखि कोरोना खोप लगाउन पाउनेछन्। मन्त्रालयले २३ फागुनबाट जेष्ठ नागरिकलाई खोप दिने निर्णय गरिसकेको छ।

भारत सरकारले १० लाख डोज खोप अनुदानमा दिएपछि नेपालले १४ माघदेखि कोरोना खोप अभियान सुरु गरेको थियो। चीनले पनि ५ लाख डोज दिने घोषणा गरेको छ। यद्यपि त्यो खोप आइसकेको छैन।

More News last news
Loading...