पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध काठमाडौंमा प्रदर्शन

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यबृद्धि विरुद्ध अनेरस्ववियुका विद्यार्थीले प्रदर्शन गरेका छन्।

विहीबार विहान काठमाडौंको प्रदर्शनी मार्गस्थित आरआर क्याम्पस अगाडि विद्यार्थीहरुले सडकमा टायर बालेर विरोध जनाएका हुन् ।

Advertisement

सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेपछि विद्यार्थीहरुले सरकारी कदमको विरोध गरेको जनाएका छन् ।

गत हप्ता माघ २८ गते बुधबार मात्रै खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले फागुन ४ गते मंगलबार पुनः मूल्य बृद्धि गरेको थियो ।

More News last news
Loading...