भागरथी हत्याकाण्डको विरोधमा बालाजुमा नेविसंघको प्रदर्शन

काठमाडौँ । बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ग्रामीण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन्।

Advertisement

सरकारले बलात्कारीलाई सजाय दिन आनाकानी गरेको भन्दै विद्यार्थीहरूले चर्को नारा लगाएका थिए।नेपालटार क्याम्पस गेटबाट नाराबाजी गर्दै नेविसंघका नेता कार्यकर्ता, विद्यार्थीहरु बाइपास हुँदै माछापोखरी चोक पुगेर कोणसभा गरेका थिए।

कोणसभामा प्रमुख बक्ता नेबिसंघका पुर्ब केन्द्रिय सदस्य शुशिल भट्ट, विद्यार्थी नेताहरु निरन्जन थापा, पबन थापा, सन्तोष गुरुङ, स्वेच्छा उप्रेती, लक्ष्मी सिलबाल, जीवन राना, किरण भट्टराई, सुवास घिमिरे, प्रविन गुरुङ, स्थानीय नेपाली काँग्रेसका नेता मनोज राना लगायतले सम्बोधन गरेका थिय।

कोणसभामा सम्बोधन गर्ने नेताहरूले ‘बलात्कारीलाई कानुनी कारबाही गर्न, भागरथीलाई, निर्मलालाई न्याय, सम्झना कामीलगायत न्यायको माग गरेका थिए। भन्दै करिब एक घन्टा चक्का जामसमेत गराए।

बलात्कारीलाई सरकारले तत्काल पहिचान गरेर निर्मला, सम्झना र भागरथीका हत्याराहरुलाई कारबाहीको दायरामा नल्याउन्जेल आफूहरुले आन्दोलन जारी राख्ने नेबिसंघका नेता शुशील भट्टले बताए।

 

More News last news
Loading...