अब ओली ढलिसकेको अन्तिम घोषणा गर्न मात्रै बाँकी छः नेतृ झाँक्री

काठमाडौँ । नेकपाको दाहाल–नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले लामो संघर्षबाट प्राप्त उपलब्धिलाई च्युत गर्ने प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध बोल्न पाउनुपर्ने बताएकी छन्।

बुधबार काठमाडौँमा आयोजित दाहाल–नेपालसमूहको विरोध सभामा बोल्दै नेतृ झाँक्रीले निर्वाचनको प्रक्रियाबाट गएका पात्र निरंकुशताको साक्षी बसे त्यसविरुद्ध बोल्ने बताएकी हुन्।

Advertisement

खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए ? दुनियालाई थाहा छ। हजारौं शहिद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धि एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौं,’

उनले भनिन्, मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो। हाम्रो शिर्ष माथिको संस्था हो। त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नु पर्छ। कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’

नेतृ झाँक्रीले प्रधानमन्त्री ओली कागजको बादशाह भएको र उनी ढलिसकेको अन्तिम घोषणा गर्न मात्र बाँकी रहेको दाबी गरिन्। ‘आजको मानवसागरले भन्छ खड्गप्रसाद ओली कागजको बादशाह हुन्। ती ढलिसके। अब अन्तिम घोषणा गर्न बाँकी छ। जब बादशाह वा तानाशाहले आफ्नो कदलाई घटाउँदै राज्य सत्ताको दुरुपयोग गरेर कागजका अग्ला अग्ला प्रतिमा बनाउँछन्। ओलीले त्यहि गरेका छन् । यो अधोगति हो,’ उनले भनिन् ।

एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ। कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ, उनले भनिन्, कुनै पदमा लिंग हुँदैन। त्यहाँ बोल्न पाईन्छ। त्यो सार्वजनिक पद हो।

More News last news
Loading...