काठमाडौं । पक्राउ गर्ने भन्ने हल्लै हल्लाको बीचमा नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री उपत्यका आइपुगेकि छिन् । झाँक्री पक्राऊ पर्ने हल्ला चलिरहँदा उनी भने बाग्लुङबाट काठमाडौं आइपुगेकी हुन्।
उनले काठमाडौंको रत्नपार्क नजिकै पुगेर नेकपाका नेता कार्यकर्ताहरुसँग तस्बिर समेत खिचाएकी थिइन्। मंगलबार दिउँसोदेखि नै झाँक्री काठमाडौं प्रवेश गरेसागै पक्राउको तयारी थालिएको समाचारहरु सार्वजनिक भएका थिए।
झाँक्रीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ । राष्ट्रपति भण्डारीविरुद्ध बोलेपछि विवादमा परेकी झाँक्रीलाई पक्राऊ गर्न महिलासम्वद्ध संघसंस्थाहरुले ज्ञापनपत्र गृहमन्त्री बादललाई समेत बुझाइसकेका छन्।
गोरखामा आयोजित विरोध कार्यक्रमा झाँक्रीले राष्ट्रपति भण्डारीलाई बडामहारानी भनेकी थिइन्। उनले भनेकी थिइन्,‘राष्ट्रपतिका कुरा त के गर्नु, म बडामहारानीलाई गोरखाबाटै सन्देश निन चाहन्छु निर्वाचनको तयारीका लागि सुखसुविधा ऐस आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुहोस्, चाबहिल कि कता बानेश्वरतिर बसाईँ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ ।’
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
