२४ घण्टामा थपिए १६० संक्रमित, १६५ डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार २१५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७३७ रहेको छ ।

Advertisement

 पछिल्लो २४ घण्टामा थप १६५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६८ हजार ४३१ पुगेको छ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०४७ पुगेको छ।

More News last news
Loading...