सर्लाही । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्य एवं सर्लाही इन्चार्ज डाचाराज वाग्लेको मोटरसाइकल दुर्घटनामा परेर ज्यान गएको छ।
बरहथबामा भएको नेकपाको मसाल जुलुस सकेर नयाँरोडतर्फ जाँदै गर्दा नयाँरोड-बरहथवा सडकखण्डको सोल्टिमोड नजिक भएको मोटरसाइकल दुर्घटनामा वाग्लेको ज्यान गएको सर्लाही प्रहरीले जानकारी दिएको छ।
बुधबार राति ९ बजेतिर सडकमा लडिरहेको शव र ज १० प ३२०६ नम्बरको मोटरसाइकल देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
हरिपुर नगरपालिका–१ हजारबिघा घर भएका ५१ वर्षका वाग्लेलाई उपचारको लागि बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए।
उनको आँखाको छेउमा सामान्य निलडाम जस्तो देखिए पनि शरीरको अन्य भागमा कुनै चोट नलागेको प्रहरीले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
