प्रधानमन्त्री ओलीलाई चुनौती दिदै रेनु दाहालद्वारा धमाधम शिलान्यास

काठमाडौँ । भरतपुरमा गत शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले सिटीहल र ६ लेनको सडक योजना शिलान्यास गरेको कार्यक्रम रेनु दाहालले बहिष्कार गरिन्।

भरतपुर महानगरपालिकाकी मेयर दाहालले ढुंगा पूजा गर्दैमा सिटीहल र सडकको निर्माण नहुने बताएकी छिन्।

Advertisement

ओलीले मेयर दाहाल शिलान्यासमा अनुपस्थित भएपछि पिकनिक हिंडेको भन्दै व्यङ्ग्य गरेका थिए। तर, दाहाल भने त्यसयता निरन्तर शिलान्यासमा सक्रिय हुन थालेकी छिन्।

शनिबार नै उनी अमर माध्यमिक विद्यालयको ६६ औं वाषिेकोत्वसमा सहभागी भई ४ कोठे भवन शिलान्यास गर्न पुगिन्।

शुक्रबार विद्यालयको भवन शिलान्यास गरेकी रेनुले शनिबार बलभद्र कुँवरको पूर्ण कदको सालिक अनावरण गरिन्। आज पनि रेनु शिलान्यासमा पुगिन्। उनले नवजागृति फन पार्कको शिलान्यास गरेकी थिइन्।

More News last news
Loading...