नेपालमा आजबाट कोरोनाविरुद्धको खोप अभियान सुरु हुँदै

काठमाडौँ । नेपालमा आजबाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु हुँदै छ।

कोरोनाविरुद्धको पहिलो खोप शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक सागर राजभण्डारीले लगाउने भएका छन् ।

Advertisement

बिहान १० बजे सुरु हुने खोप अभियानअन्तर्गत आफूले पहिलो खोप लगाउने डा. राजभण्डारीले बताए। उनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुकै केन्द्रमा खोप लगाउने छन्।

खोपप्रति धेरैमा आशङ्कासमेत रहेकोले खोप सुरक्षित रहेको सन्देश दिन आफूले पहिलो खोप लगाउन लागेको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे काठमाडौँका तीन वटा अस्पतालमा भर्चुअल विधिबाट एकैचोटि खोप अभियानको उद्घाटन गर्ने कार्यक्रम छ।

आजदेखि सुरु हुने खोप अभियानका लागि सातै प्रदेशमा खोप पुर्‍‍याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

कोरोना भ्याक्सिन चार लाख ३० हजार जनालाई लगाउने तयारी रहेको विभागअन्तर्गतको खोप महाशाखा स्रोतले जनाएको छ।

सरकारले भारतबाट अनुदानमा आएको १० लाख डोज खोप सुरुमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स तथा शववाहन चालकलगायतलाई दिने जनाएको छ।

More News last news
Loading...