नेपाल लगायत छिमेकी देशहरुलाई आजदेखि ‘कोभिसिल्ड’ बाँड्दै भारत

काठमाडौँ । भारतमा उत्पादित कोरोना भाइरसविरुद्धको कोभिसिल्ड खोप नेपालले पाउने भएको छ।

आज नेपाल र भारतले संयुक्त पत्रकार सम्मेलन गरी खोप हस्तान्तरण हुने भएको छ। नेपालले शुरुमा उपहार स्वरुप खोप पाउने उच्च स्रोतले जनाएको छ।

Advertisement

भारतका स्वास्थ्यमन्त्री विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीलाई खोप उपहारस्वरुप हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

अनुदानस्वरुपको खोप आएपछि नेपालले थप डोजका लागि अनुदान र सहुलियत मूल्यमा पाउने भएको छ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मित्रराष्ट्रहरुलाई सहयोग स्वरुप भ्याक्सिन प्रदान गर्न लागिएको ट्वीटरमार्फत् जानकारी दिएका छन्। उनले भविष्यमा थप सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन्।

भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले मानवताका आधारमा भ्याक्सिन प्रदान गर्ने प्रतिवद्धतास्वरुप ७ माघबाट उपलब्ध गराउन लागेको ट्वीटमार्फत् जानकारी दिएका छन्।

यसैगरी भारतको विदेश मन्त्रालयले हिजो साँझ विज्ञप्तिमार्फत् भ्याक्सिन अनुदानस्वरुप दिन लागेको देशको सुची समेत प्रकाशित गरेका छन्।

जसमा पहिलो नम्बरमा भुटान, दोस्रोमा मालदिभ्स, तेस्रोमा बँगलादेश र चौंथोमा नेपालको नाम रहेको छ।

More News last news
Loading...