काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ।
यस्तै बितेको २४ घण्टामा थप ३७४ जना निको भएसँगै कुल निको हुनेको संख्या २ लाख ६१ हजार ८१८ पुगेको मन्त्रालयले जनाएको छ।
यस्तै हालसम्म कोरोनाबाट १९६५ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा समेत ६ जनाले ज्यान गुमाएका छन्।
सरकारले नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना समेत देखिएको बताएको छ भने संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
