पछिल्लो २४ घण्टामा थप २४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा शनिबार थप २४० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

योसँगै हालसम्म नेपालमा २ लाख ६७ हजार ५६ संक्रमितको संख्या पुगेको छ। त्यसैगरी २४ घण्टामा ४७७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन्।

Advertisement

योसँगै निको हुनेको संख्या २ लाख ६१ हजार ४४ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ५८ छ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ८ हजार ९४४ परीक्षणहरु गरिएका छन्।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३१ रहेको छ। कोरोना संक्रमणबाट २४ घण्टामा ६ को मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९५४ जना रहेको छ।

More News last news
Loading...