काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ। योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १,९३२ पुगेको छ।
४३० कोरोना सङ्क्रमित थपिए
काठमा पछिल्लो २४ घण्टामा नेपालमा थप चार सय ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मङ्गलबार थपिएकासँगै कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ६५ हजार ६ सय ९८ पुगेको छ।
त्यस्तै, पछिल्लो २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या १९ सय ३२ पुगेको छ।
२४ घण्टामा ३९० कोरोना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ३९० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ५९ हजार ३५८ पुगेको छ।
उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
