रुकुम । रुकुम पश्चिमको चौरजहारी नगरपालिमा सडक निर्माणका विषयमा विवाद हुँदा ४ जना घाइते भएका छन्।
चौरजहारी नगरपालिका–४ मेलइनाउलिमा नेकपा कार्यकर्ताको आक्रमणबाट चार जना स्थानीय घाइते भएका हुन् ।
२०६५ सालमा बनाएको सडकलाई बन्द गरेर अर्को ठाउँमा सडक निर्माण गर्न खोज्दा झडप भएको बताइएको छ।
साविकको ठाउँबाटै सडक सञ्चालन गर्नुपर्नेमा त्यसो नगरी नयाँ ठाउँमा सडक मर्मत गर्न खोज्दा त्यसको बिरोध गरेका नेकपाका कार्यकर्ताहरुले आक्रमण गरेको स्थानीयहरुले बताएका छन्।
आक्रमणमा परि सोहि वडाका ४२ वर्षका शंकर जैसी, कृष्ण प्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन्।घाइते मध्ये गम्भीर घाइते शंकरलाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
