राप्रपाले पृथ्वीजयन्ती मनाउने, त्यसअघि काठमाडौँमा भेला हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले यही पुस २७ गते विभिन्न कार्यक्रम गरी पृथ्वीजयन्ती मनाउने भएको छ ।

अध्यक्ष डा प्रकाशचन्द्र लोहनीका अध्यक्षतामा शुक्रबार बसेको पार्टी केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले ‘राष्ट्रिय एकता दिवस’का अवसरमा कोरोना महामारीलाई दृष्टिगत गर्दै सामाजिक दूरी र स्वास्थ मापदण्डको नियम पालना गरी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानबारे प्रकाश पार्न देशभर औपचारिक कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो।

Advertisement

अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र कमल थापासमेतको उपस्थिति रहेको बैठकले केन्द्रीय नेता एवं प्रतिनिधिको उपस्थितिमा पार्टीको झण्डोत्तोलन तथा चुनाव चिह्न अनावरण कार्यक्रम पुस महिनाभित्र ७७ जिल्लामा सम्पन्न गर्ने निर्णय पनि गरेको केन्द्रीय सदस्य सुन्दर पाण्डे जानकारी दिए।

साथै पृथ्वीजयन्ती अघि पार्टीले यही पुस १७ गते काठमाडौँमा भेला पनि डाकेको छ।

More News last news
Loading...