प्रचण्ड-माधव समुहद्वारा सूर्य चिन्ह र नेकपामाथि निर्वाचन आयोगमा दाबी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले नेकपाको ४४१ केन्द्रीय सदस्यमध्ये मौजुदा रहेका ४३६ जनामध्ये ३१५ जनाको हस्ताक्षर निर्वाचन आयोगलाई बुझाएको छ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित शुक्रबार आयोग पुगेको सो पक्षले निर्वाचन आयोगका पदाधिकारीहरुलाई झण्डै ६७ प्रतिशत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको दावी गर्दै सूर्य चिन्ह र नेकपा आफ्नो समुहको रहेको दावी गरेको हो।

Advertisement

आयोगका पदाधिकारीसँगको छलफलमा अध्यक्ष प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका छन्।

More News last news
Loading...