प्रतिनिधिसभा विघटनसम्बन्धी १३ मुद्दाको संवैधानिक इजलासमा सुनुवाइ आज

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धका सबै १३ वटा रिट निवेदनको आज संवैधानिक इजलासमा सुनुवाइ सुरू हुँदैछ।

यसअघि बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अरू पनि भएकाले संवैधानिक इजलासमा हेर्ने भन्दै अन्तरिम आदेश दिएको थिएन।

Advertisement

बुधबार रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने, शम्भु थापा, दिनेश त्रिपाठी, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी लगायतले बहस गरेका थिए।

बहसपछि प्रधानन्यायाधीश राणाले प्रतिनिधिसभा विघटन गर्ने एउटै धारा ७६ मात्रै भएकाले त्यसबारेको ब्याख्या संवैधानिक इजलासले गर्ने बताएका थिए।

राष्ट्रपति र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई नेकपाको दाहाल(नेपाल समूहका सांसदको एउटा संयुक्त रिटसहित १३ वटा रिट दायर भएका छन्।

रिट निवेदकहरूले प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिसका आधारमा भए–गरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम बदर गर्न निवेदनमा माग गरिएको छ।

More News last news
Loading...