काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा हालसम्म २ लाख ५५ हजार ९७९ जनामा कोरोना संक्रमण देखिएको छ।
हालसम्म पीसीआर परीक्षणको संख्या १८ लाख ९० हजार ७४० छ। देशभरी सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ छ। २४ घण्टामा ६ हजार ५५९ पीसीआर परीक्षण भएका छन्। क्वारेन्टाइनमा रहनेको संख्या ४०९ रहेको छ।
त्यसैगरी २४ घण्टामा ९ सय ५२ जना कोरोनामुक्त भएका छन्। योसँगै हालसम्म कोरोना संक्रमणबाट मुक्त भइ २ लाख ४६ हजार ६६१ जना घर फर्किसकेका छन्।
२४ घण्टामा ५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८०३ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
