काठमाडौँ । प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकले देशभर प्रदर्शन गर्ने निर्णय गरेको एक नेताले बताए। कुन दिन प्रदर्शन गर्ने भन्ने भोलि ९ गते बस्ने बैठकले तय गर्नेछ।