काठमाडौँ महानगरपालिकाले मनायो २६औँ महानगर दिवस

काठमाडौँ । संघीय मामिला तथा समान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँ महानगरपालिकाले अन्य स्थानीय तहलाई पनि सिकाइ हुने गरी राजनीतिक प्रणाली विकास गर्नुपर्ने बताएका छन्।

कामपाको २६ औँ महानगर दिवसको अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री त्रिपाठीले कामपा जेठो महानगर भएकाले यसले नै अन्य स्थानीय तहलाई राजनीतिक रुपमा नै सकारात्मक बाटो देखाउनुपर्नेमा जोड दिएका हुन्।

Advertisement

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कामपाले गर्नुपर्ने काम अझै धेरै रहेको भन्दै अन्य स्थानीय तहलाई उदाहरण मिल्ले गरी काम गर्नुपर्ने धारणा राखे।

काठमाडौँ महानगर प्रमुख विद्यासुन्दर शाक्यले महानगरको आर्थिक सम्वृद्धिको लागि सबैको साथ र सहयोग आवश्यक रहेको औँल्याए ।

कामपा सांस्कृतिक शहर रहेको भन्दै प्रमुख शाक्यले तिनको पहिचान र संरक्षण अहिलेको आवश्यकता रहेको उनले बताए ।

पछिल्लो समय शहरमा दीर्घरोगीको सङ्ख्या बढिरहेको भन्दै कामपाले स्थापना दिवसको अवसर पारेर ‘मिर्गौला बचाउ अभियान’ घोषणा गरेको छ ।

आज नै कामपाले इन्द्रजात्रासँग सम्बन्धित पुस्तक ‘इन्द्रजात्रा’ को पनि विमोचन गरेको छ। स्थापना दिवसकै अवसर पारेर महानगरले मेयर्स अवार्डबाट एक जनालाई सम्मान गरेको छ।

त्यसैगरी उत्कृष्ट कर्मचारी १० जना, जनकमान श्रेष्ठ सुशासन पुरस्कार–२०७७ बाट दुई जना जनप्रतिनिधि र दुई जना कर्मचारी, महानगर सेवा पदकबाट १० जना जनप्रतिनिधि र १० जना कर्मचारीलाई सम्मान गरेको छ।

सुशासन पत्रकारिता पुरस्कारबाट १० जना पत्रकारलाई सम्मान गरेको छ।

More News last news
Loading...