काठमाडौँ । कोरोना संक्रमणबाट ग्रसित भएका पूर्व सांसद कमानसिंह लामाको निधन भएको छ ।
शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा लामाको आज बिहान दुई बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
काभ्रेका कम्युनिष्ट नेता लामा विसं २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए भने २०६४ सालमा संविधानसभा सदस्यसमेत भएका थिए । लामा दक्षिण कोरियाका लागि राजदूतसमेत भएका थिए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
