रसुवा । रसुवामा निर्माण भइरहेको १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकलको काम ९ महिनादेखि बन्द भएको छ।
कोरोना भाइरसको प्रभावले आफ्नो देश फर्किएका भारतीय कामदार नआएपछि काम अहिलेसम्म सुरु हुन सकेको छैन।
भोइठ हाइड्रो इन्डियाले इलेक्ट्रोमेकानिकल निर्माणको जिम्मेवारी पाएको थियो। सरकारले नेपालमा गएको चैत ११ गतेदेखि लकडाउन गर्ने घोषणा गरेपछि भारतीय कामदार चैत ८ गतेदेखि आफ्नो देश फर्किएका थिए।
इलेक्ट्रोमेकानिकल निर्माणका लागि निर्माणस्थलमा सामग्री आइसकेको छ। तर ठेकेदारले कामदार ल्याएका छैनन्। जसका कारण इलेक्ट्रोमेकानिकल निर्माणको काम अघि बढ्न सकेको छैन। कामदारको अभावमा निर्माण कार्य प्रभावित भएको आयोजना प्रमुख छवि गैरेले बताए।
आयोजनामा २ सय ५० नेपाली र ५९ चिनियाँ कामदार रहेका छन्। आयोजनामा काम गर्नका लागि जनशक्ति कम हुँदै जाँदा अरु कामहरु पनि प्रभावित हुँदै आएको छ। २०७० सालको माघदेखि निर्माण सुरु भएको आयोजनाको झण्डै ७८ प्रतिशत काम सकिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
