कौशलटारमा सिमेन्टको पोलमा कार ठोक्किँदा एक जनाको ज्यान गयो

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर ३ कौशलटारमा कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।

दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

Advertisement

महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा ज्यान गएको हो।

प्रहरीका अनुसार भक्तपुरबाट काठमाण्डौका लागि छुटेको बा ८ च ४७५६ नम्बरको कार राति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो। कार कसले चलाएको र कति जना थिए भन्नेबारे केही खुलेको छैन।

More News last news
Loading...