काठमाडौँ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको छ।
बिहिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १२ हजार ३०९ संक्रमितको मृत्यु भएको छ। एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो।
यसअघि ११ मंसिरमा एकैदिन १२ हजार संक्रमितको मृत्यु भएको थियो। चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २१८ मुलुकमा फैलिएको छ।
यो समाचार तयार पार्दासम्म विश्वभर १४ लाख ९८ हजार २९६ जनाको मृत्यु भएको छ।
दोस्रो लहरको संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ३२८ जनाको मृत्यु भएको छ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५९ हजारभन्दा बढीको मृत्यु भएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
