४० फिटे कन्टेनरमा तातोपानी नाकाबाट सामान आउन थाले

सिन्धुपाल्चोक । नेपाल र चीनबीचको छोटो, स्थल व्यापारिक नाका तातोपानी हुँदै नेपालतर्फ ४० फीट लामो कन्टेनरमा सामान ल्याउने प्रक्रिया सुरु भएको छ।

त्यो कन्टेनरमा आएको सामान भन्सार जाँचपछि काठमाडौँ लैजाने व्यवस्था गरिएको छ। अब विभिन्न ठाउँमा लोड अनलोड गर्दा सामान बिग्रने तथा कामदारको पारिश्रमिक दिनु नपर्ने भएको छ।

Advertisement

चिनियाँ पक्षले नै व्यापार व्यवस्थापन गर्न यो सर्त राखेपछि नेपाली सिल्क ट्रान्सपोर्टको चालिस फुटे कन्टेनरले सामान ढुवानी गर्ने भएको हो।

तातोपानी नाकामा व्यापार व्यवसाय व्यवस्थित गर्न लागिरहेको सिल्कले चीन तथा नेपाल सरकारबीच सहजीकरण गरेर व्यवस्थित तथा आधुनिक प्रक्रियाबाट काम सुरु गर्न लागेको हो।

सिल्कका अध्यक्ष रमेश शेर्पा तथा तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले यो कामलाई औपचारिक रुपमा सुरुवात गरेका हुन्।

पहिलो पटक सिल्क ट्रान्सपोर्टले तीन वटा ४० फीटको कन्टेनर नेपालतर्फ ल्याएसँगै अब नियमित रुपमा ४० फीटको कन्टेनरमा चीनले नेपाली भूमिसम्म सामान ल्याइदिने भएको छ।

More News last news
Loading...