काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित तीन खेलाडीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
ज्ञानेन्द्रसँगै उपकप्तान दीपेन्द्र सिंह ऐरी र रोहितकुमार पौडेललाई संक्रमण पुष्टि भएको हो।
कप्तान मल्लले आफूलाई संक्रमण देखिएको पुष्टि गरे। ‘सुरक्षा सवधानीको उपाय अपनाएकै थिएँ। कुनै लक्षण छैन’ उनले भने, ‘परीक्षण गराउँदा पोजेटिभ आएछ।’ उनी अहिले होम क्वारेन्टिनमा नै छन्।
उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह समेत गरेका छन्।
बन्द प्रशिक्षणका लागि बोलाइएका २२ मध्ये १६ खेलाडीको बुधबार स्वाब संकलन गरिएको थियो। शरद भेषावकर, बसन्त रेग्मी, सन्दीप लामिछाने, करण केसी, सुवास खकुरेल र कुशल मल्लले पनि स्वाब दिएका छैनन्।
थप ५ खेलाडी बन्द प्रशिक्षणमा
यसैबीच क्रिकेट संघले थप ५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। बिक्रम शोव, अनिलकुमार साह, कुशल भुर्तेल, ऋत गौतम र लोकेश बमलाई प्रशिक्षणमा बोलाइएको हो।
उनीहरूमध्ये लोकेश उपत्यका बाहिर परीक्षामा रहेकाले तत्काल सहभागी हुने छैनन्। चार खेलाडीले भने पीसीआर टेष्ट गर्दा नेगेटिभ आएमा बिहीबारबाटै प्रशिक्षणमा सहभागी हुनेछन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
