काठमाडौं । नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएका छन्।
हालसम्म संक्रमित भएका २ लाख ११ हजार ४७५ मध्ये १ लाख ७९ हजार २४२ जना निको भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ।
हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६ रहेको छ। अहिले क्वारिन्टिनमा १ हजार १३ जना छन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
