डा. गोबिन्द केसी कोरोना संक्रमित

काठमाडौं । डा. गोबिन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

कोरोनाको शंका लागेपछि हिजो गरिएको पीसीआर परीक्षणमा आज रिपोर्ट पोजेटिभ आएको हो।

Advertisement

डा. केसीलाई कोरोना सङ्क्रमण देखिएपछि उनलाई शिक्षण अस्पतालमा भर्ना गरिएको डा. केसीका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।

“केही लक्षण देखा परेपछि हिजो (बिहीबार) पीसीआर परीक्षण गरेको थियो । रिपोर्ट पोजिटिभ आएको छ। उनमा रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ।

स्वाश प्रश्वासमा समस्या पनि देखिएको छ,” सुवेदीले भने, “उनलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जको गणेशमान सिंह भवनमा भर्ना गरिएको छ। थप स्वास्थ्य परीक्षण भइरहेको छ।”

रसुवाबाट फर्किएर त्रिशुली हस्पिटलमा उनको स्वाब सङ्कलन गरिएको थियो। चिकित्सा शिक्षा सुधारका अभियान्ता समेत रहेका डा. केसी केहीको थप स्वास्थ्य परीक्षणको काम भइरहेको छ।

उनको उपचारमा डा. सुबास आचार्यको टोली खटिएको छ ।

More News last news
Loading...