काठमाडौँ । पछिल्लो २४ घन्टामा नेपालमा थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको आधिकारिक वेबसाइटका अनुसार शुक्रबार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २ सय ३५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ४ हजार ९६ जना डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९ सय ५८ जना पुगेको छ ।
२४ घण्टामा १४ हजार ९ सय ८९ पीसीआर परीक्षण भएको मन्त्रालयले जनाएको छ।
१६ संक्रमितको मृत्यु
पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ।
यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ३८ हजार ३ सय ५७ जना छन् भने २ हजार ६ सय ६६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
काठमाडौं मै आधाबढी संक्रमित
काठमाडौं उपत्यकामा शुक्रबार १८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा १५ सय ८ जना, भक्तपुरमा १ सय ३१ जना र ललितपुरमा २ सय २९ जना गरी १८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो। जसमध्ये ७ सय ८१ जना महिला र ११ सय ७ जना पुरूष रहेका छन्।
काठमाडौंमा १० हजार ५ सय १ जना, भक्तपुरमा १७ सय १९ जना र ललितपुरमा २ हजार १ सय ६५ जना होम आइसोलेसनमा रहको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभर थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण देखिएको छ भने कोरोनामुक्त भएर ४ हजार ९६ घर फर्किएका छन्।
शुक्रबार देशभर थपिएका संक्रमितमध्ये राजधानीमा थपिएका संक्रमितको संख्या आधाभन्दा धेरै हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
