काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले शनिबारसम्म ४६ हजार ५७ जना संक्रिय संक्रमितमध्ये ३२ हजार ८७३ जना होम आइसोलेसनमा रहेको जनाएको छ।
मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १८ हजार ४ सय ५९ जना होम आइसोलेसनमा छन्।
त्यस्तै, प्रदेश १ मा ५ हजार ९ सय २१, प्रदेश २ मा १ हजार २ सय ७८, लुम्बिनी प्रदेशमा ३ हजार ८ सय ४२, सुदूरपश्चिम प्रदेशमा १ हजार ५७, गण्डकी प्रदेशमा १हजार ४६० र कर्णाली प्रदेशमा ८५६ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
