२४ घण्टामा थप ४ हजार ४९९ जना संक्रमित फेला, १७ जनाको मृत्यु

उपत्यकामा मात्रै थपिए २ हजार ७२० संक्रमित

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४४९९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।

यसमध्ये २ हजार ८०९ जना पुरुष तथा १ हजार ६९० जना महिला रहेका छन्। सबैभन्दा बागमती प्रदेशमा ३२२५ जना संक्रमित थपिएका हुन्।

Advertisement

काठमाडौँ उपत्यकामा मात्र २७२० जना संक्रमित थपिएका छन्। यसमा १ हजार ९२ जना महिला तथा १ हजार ६२८ जना पुरुष रहेका छन्।

परीक्षण गरिएकामध्ये ११.२ प्रतिशतमा संक्रमण देखिएको छ। नेपालमा हालसम्म १ लाख ५३ हजार ८ जना संक्रमित फेला परिसकेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ६९१ रहेको छ।

नेपालमा हाल २९० जना आइसीयूमा रहेका छन् भने ६९ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

त्यस्तै, १ लाख ५ हजार ४८८ जना निको भएका छन्। पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना निको रहेका छन्। नेपालमा निको हुने दर ६८.९ प्रतिशत रहेको छ।

पछिल्लो नेपालमा मृत्यु हुनेको संख्या १७ रहेको छ। हालसम्म ८२९ जना संक्रमितले ज्यान गुमाइसकेका छन्।

More News last news
Loading...