कोरोनाका कारण प्रहरी हवल्दारको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १२ का ४० वर्षीय पुरुष रहेका छन्। उनको चितवन मेडिकल कलेजमा आज दिउँसो ४:३० बजे मृत्यु भएको हो।

Advertisement

अस्पतालका निर्देशक डा. दयाराम लम्सालकाअनुसार क्यान्सरका बिरामी उनलाई ज्वरो, खोकीका कारण असोज २१ गते अस्पतालमा भर्ना गरिएको थियो।

असोज २३ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो।

क्यान्सर रोगका कारण काम गर्न नसक्ने भएपछि उनको घरमानै बसेर उपचार गराईरहेको अवस्थामा आज कोरोना सङ्क्रमणका कारण मृत्यु भएको प्रहरीले जनाएको छ।

More News last news
Loading...