रुपन्देहीको एभरेष्ट पेट्रोल पम्पमा आगलागी

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका ८ स्थित एभरेष्ट पेट्रोल पम्पमा भीषण आगलागी भएको छ।

ट्याङकरबाट पम्पमा पेट्रोल खन्याउने क्रममा आगो सल्किएको प्रहरीले जनाएको छ।

Advertisement

अहिले तीन वटा दमकलबाट आगो निभाउने प्रयास भइरहे पनि आगो नियन्त्रणमा आउन नसकेको रुपन्देही प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए।

आगलागीबारे विस्तृत विवरण आउन बाँकी छ।

More News last news
Loading...