काठमाडौँ । नेपालमा कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमितको सङ्ख्या एक लाख ३६ हजार ३६ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार तीन हजार सात सय ९० जनामा सङ्क्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १५ हजार सात सय १४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै गएको २४ घण्टामा दुई हजार तीन सय ३५ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ९४ हजार पाँच सय एक पुगेको छ।
अब नेपालमा ४० हजार सात सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन्। यस्तै चार हजार चार सय ७० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ।
यस्तै गएको २४ घण्टामा १८ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात सय ५७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
