पिसाब पोल्ने समस्यालाई वेवास्ता नगर्नुहोस्, हुनसक्छ गम्भिर, यसरी गरौँ उपचार (भिडियो)

पिसाबसम्बन्धी रोग लागेको व्यक्तिलाई मात्रै यसको पीडा थाहा हुन्छ। मूत्र बिकार जसलाई मेडिकल भाषामा युरोलोजिकल डिजिज भनिन्छ।

यसअन्तर्गत कैयौं रोग पर्दछन्। पिसाबमा जलन हुनु, रोकिनु, तुरुकतुरुक आउनु, मूत्रकृच्छ, काइल्युरिया, मूत्रपथरी, पिसाबमा रगत आउनु, प्रोस्टेट ग्रन्थी बढ्नु र बहुमूत्र आदि पिसाबसम्बन्धी रोग हुन् । सबै रोगहरू कष्टदायी हुन्छन्।

Advertisement

समयमै उपचार गरिएन भने घातक परिणाम भोग्नुपर्ने हुन्छ । भागदौड जीवनशैलीमा व्यक्तिहरूमा प्रायः मूत्र रोगको समस्या देखिन्छ।

पिसाबमा आएको खराबीले र पिसाबमा बढी एसिड भयो भने पोल्ने हुन्छ। मुत्र रोगले गर्दा पनि पिसाब पोल्ने हुन्छ। गर्भवती भएको समयमा महिलाहरुलाई बढी पिसाब पोल्छ।

त्यस्तै, गर्मी समयमा कम पानी पिउने हुँदा र लामो यात्रा गर्दा पिसाब रोकेको बेलामा पिसाब पोल्छ । पुरुष महिला दुवैमा यो समस्या हुन्छ । पुरुषलाई पिसाबसँगै मुत्रनलीमा पिप आयो भने त्यो यौन रोग हो । तर महिलाहरुमा पिसाब पोल्नेबित्तिकै यौन रोग हुँदैन ।

पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि ।

जटिलता
महिलाहरुमा पाठेघरमा असर गर्छ भने पुरुषमा अण्डकोष सुन्निन्छ ।

बाँझोपन हुने खतरा हुन्छ ।

गर्भ नरहने खतरा हुन्छ । यदि रह्यो भने पनि गर्भमा नै तुहिने, अंगभंग भएको बच्चा जन्मिने, छिटो वा समय नै नपुगी बच्चा जन्मिने हुन्छ ।

पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।

पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपाय यस्ता छन्ः

१. प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २–३ लिटर पानी पिउनु आवश्यक छ ।

शरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणको खतरा पनि हुन्छ ।

२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ ।

३. अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।

४. नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।

५. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुब्रिकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।

६. यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।

७. मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनुसमेत लाभदायी हुन्छ ।

More News last news
Loading...