यस्ता लक्षण देखिए वेवास्ता नगर्नुहोस् (भिडियो)

केही मानिस जतिखेर पनि टाउको दुख्यो भनिरहन्छन्। उनीहरू पीडा कम गर्नका लागि औषधिको सहारा लिन्छन्। तर औषधिको असर सकिनेबित्तिकै फेरि टाउको दुख्न थाल्छ।

यो पीडा घरिघरि आउँछ र कहिलेकाहीँ त असहनीय हुन्छ। अनि सुन्न, बोल्न नसकेको र कमजोरी भएको जस्तो पनि लाग्छ। यो ब्रेन ट्यूमरको लक्षण हो। यस्तो स्थितिमा मस्तिष्कका कोशिकाहरू असामान्य रूपमा बढ्न थाल्छन्।

Advertisement

अनि तिनले दिमागका अन्य कोशिकालाई नकारात्मक प्रभाव पार्छन्। अनि मस्तिष्कमा ट्यूमर उत्पन्न हुन थाल्छ। ट्यूमर पहिलो

चरणमै थाहा पाइयो भने उपचार गर्न सहज हुन्छ। यसको लक्षण चिनेर यसलाई बढ्नबाट रोक्न सकिन्छ ।

लक्षण

टाउको दुख्ने
ब्रेन ट्यूमरको पहिलो लक्षण टाउको दुख्नु हो । बिहान उठ्नेबित्तिकै टाउको दुख्न थाल्छ केही मानिसलाई । सहनै नसक्ने पीडा हुन्छ कहिलेकाहीँ । केही व्यक्ति त मानसिक सन्तुलन नै गुमाउन पुग्छन् । तपाईंलाई पनि यस्तो हुन्छ भने बेवास्ता नगर्नुस् । तुरुन्तै चिकित्सकलाई देखाउनुस् ।

बान्ता
टाउको दुख्नुका साथसाथै बान्ता आउने र असजिलो हुने समस्या पनि आउँछ । यस्ता समस्याका कारण खाना खान मन लाग्दैन ।

चक्कर
ब्रेन ट्यूमरका कारण केही मानिसलाई चक्कर आउँछ । यसले गर्दा शरीरको सन्तुलन बिग्रन्छ र मानिस झ्याप्पै लड्ने हुनसक्छ ।

छटपटाउने
ब्रेन ट्यूमरका कारण दिमागका नसा कमजोर हुन थाल्छन् । यसले रक्तसञ्चार पनि सही तवरले हुन दिँदैन र मानिस छटपटाउन थाल्छ ।

आँखा कमजोर हुने
ब्रेन ट्यूमरको स्थितिमा केही मानिसले झ्याप्पै कम देख्न थाल्छन् । उनीहरू जे पनि धमिलो धमिलो देख्छन् ।

पक्षाघात
ब्रेन ट्यूमरका कारण व्यक्तिको दिमागले शरीरलाई नियन्त्रणमा राख्न सक्दैन । शरीरले काम गर्नै बन्द गरेको जस्तो उसलाई लाग्छ । दिमागको पेराइटल लोबमा ट्यूमर हुँदा यस्तो हुन्छ ।

बोल्न गाह्रो हुने
दिमागले नै शरीरका प्रत्येक अंगलाई सही तरिकाले चलाउने हो तर त्यसमै ट्यूमर हुँदा कोशिकाहरू प्रभावित हुन्छन् । यसले गर्दा व्यक्तिको आवाज जान्छ र अनुहार पनि एकातिर बांगिन्छ ।

झर्कोफर्को
असहनीय पीडाका कारण मानिस झर्कोफर्को गर्ने र उदास रहने गर्न थाल्छ । कहिले त व्यक्तिको व्यवहारमा परिवर्तन आएर उसले कसैसँग कुराकानी गर्दैन।

हातगोडा अट्ठिने
ब्रेन ट्यूमर भएपछि मानिसको हातगोडा अट्ठिन थाल्छ । शरीरले काम गर्न बन्द गरेको जस्तो लाग्छ।

शारीरिक कमजोरी
ब्रेन ट्यूमर हुँदा कोशिका प्रभावित हुन्छ र व्यक्तिलाई टाउको दुख्न अनि पूरै शरीरमा कमजोरी हुन थाल्छ।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्

More News last news
Loading...