काठमाडौँ । काठमाडौँमा प्रतिवेदन लेखनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
शनिबार भर्चुअल विधिबाट भएको कार्यक्रममा प्रतिवेदन लेखनका क्रममा चाहिने आधारभूत सीप, परियोजना व्यवस्थापन गर्दाको महत्व, प्रभावकारिता, लेख्ने तौर–तरिकाका बारेमा छलफल भएको थियो।
परियोजना व्यवस्थापन सम्बन्धी रहेर विभिन्न संघ–संस्थामा काम गरिरहेका, सामाजिक कार्यकर्ता, परियोजना व्यवस्थापक, विद्यार्थी, संघ संस्थाका प्रतिनिधि आदीलाई लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएले जनाएको छ ।
कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, (सिट्रेड) प्रा. लि ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा परियोजनासम्बन्धी प्रतिवेदन ढाचा, तौर तरिका, रिपोर्ट लेखनमा रिजल्ट बेस मेनेजमेन्टको अनुसरण, रिपोर्ट लेखनमा अनुगमन, मुल्याकनको उपयोगिता बारेमा अनुभव आदान प्रदान गरिएको थियो।
‘कोभिड-१९’ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अनलाइन मार्फत गरिएको उक्त अन्तरक्रियामा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापाले सहजीकरण गरेका थिए भने पुर्णिमा सिंह क्षेत्रीले प्रतिवेदन लेखनसम्बन्धी विषयमा आधारित प्रस्तुतीकरण दिएकी थिइन्।
सहभागीहरुले प्रतिवेदन कसरी लेख्ने, ढाँचा कस्तो हुन्छ, सिकाई र चुनौतीको भिन्नता के हो ? लक्षित वर्गमा आएको उपलब्धिलाई प्रतिवेदनमा कसरी झल्काउने ? प्रतिवेदनमा सरोकारवालाको भुमिकालाई कसरी देखाउने ? जस्ता जिज्ञासा राखेका थिए ।
कार्यक्रममा सहभागीहरुको धारणा सम्बोधन गर्दै प्रस्तोता पुर्णिमा सिंह क्षेत्रीले रिर्पोट लेख्दा कार्यक्रम, अपेक्षा गरिएको उपलब्धी, मापन उपलब्धी शैली, परियोजनाको क्रियाकलापले ल्याएको परिवर्तन तथा प्रभाव, र सरोकारवालाको परियोजनासम्बन्धी बुझाईको प्रस्ट रुपमा उल्लेख गर्नुपर्ने, यस क्रममा विभिन्न टुलहरु जस्तै, सामुहिक छलफल, प्रश्नावली, अन्तर्वार्ता, साथै अरु विभिन्न टुलहरु प्रयोग गर्न सकिने प्रस्ट पारे।
यस्ता कार्यक्रमबाट समाजमा सकारात्मक प्रभाव पर्छः अध्यक्ष पौडेल
कार्यक्रम आयोजक संस्था सिट्रेडका अध्यक्ष शुक्रराज पौडेलले समय-समयमा दिइने यस्ता खालका अन्तरक्रिया कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने बताए।

अध्यक्ष पौडेलले, हाल संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत यो अन्तरक्रिया आयोजना गरेको र यस्ता प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभावपर्ने प्रकृतिका कार्यक्रमहरुबाट समाजमा सकारात्मक प्रभावपर्ने बताएका हुन्।
संस्थाले स्थापना कालदेखि विभिन सेवा क्षेत्र जस्तैः परामर्श सेवाहरू अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअल विकास र प्रकाशन, परियोजना व्यवस्थापन, निजी क्षेत्र र व्यापार विकास, तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार (आईईसी) विकास र प्रकाशन विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघ-संस्था एव सरकारी निकायहरुलाई परामर्श दिँदै आइरहेको पनि पौडेलले बताए।
अन्तरक्रिया कार्यकम्रमा ५० जना भन्दा बढी विभिन पेसाकर्मी, अभियन्ताहरु र संघसंस्थाका प्रतिनिधिहरुको सहभागीता रहको थियो । आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया, गोष्ठी, तालिम लगायत क्रियाकलापहरु संचालन गर्दै जाने आयोजकले जनाएको छ । कार्यक्रमको मिडिया पार्टनरको रुपमा नयाँ पुस्ता डटकम रहेको थियो।
यो पनि हेर्नुहोस्
बाल संरक्षण सम्बन्धी ‘भर्चुअल अन्तरक्रिया’ कार्यक्रम सम्पन्न
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
