काठमाडौँ । शनिबार बाल संरक्षण सम्बन्धी भर्चुअल अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जूम मार्फत गरिएको अन्तरक्रिया कार्यक्रममा बाल संरक्षण क्षेत्रमा देखिएका बाल संरक्षणका सवालहरु र संरक्षण प्रणालीको स्वरुपका बारेमा अनुभव आदान प्रदान गरिएको थियो।
कोअलिसन फर ट्रेनिङ रिसर्च एण्ड डेभलपमेन्ट, (सिट्रेड) प्रा. लि. र फेविना फाउन्डेशनले संयुक्त रूपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सिट्रेडका प्रमुख कार्यकारी अधिकृत विकास थापा र फेविनाका संस्थापक अध्यक्ष एवं सहजकर्ता विद्या सागर पाण्डेले बालसंरक्षण, बालसंरक्षणका सवालहरु, संरक्षण प्रणाली र नीतिगत व्यवस्थाका बारेमा प्रस्तुती दिएका थिए।

परामर्श सेवाहरू (अनुसन्धान, प्रशिक्षण, योजना र नीतिहरू, समीक्षा, म्यानुअलविकास र प्रकाशन, परियोजना व्यवस्थापन), निजी क्षेत्र र व्यापार विकास, तालिम आयोजना, कार्यक्रम व्यवस्थापन, सूचना, शिक्षा, र संचार (आईईसी) विकास र प्रकाशन रहेको र विभिन राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारी संघ-संस्थालाई सेवा दिंदै आएको सिट्रेड र फेविनाले सामाजिक उत्तरदायित्व अन्तर्गत अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको बताए।
अन्तरक्रिया कार्यक्रमममा सहभागी बाल अधिकारकर्मी, विभिन पेसाकर्मी, सामाजिक अभियन्ताहरु र विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुलाई धन्तयवाद दिँदै आयोजकले आगामी दिनमा पनि यस्तै समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रम, गोष्ठी, तालिमहरुको आयोजना गर्दै जाने बताएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
