एजेन्सी । पैसा र यौन जीवनका विषयमा पछिल्लो समय संसारका धेरै देशमा विभिन्न अध्ययन भैरहेको छ । विभिन्न प्रकारका अध्ययनको निष्कर्षलाई आधार मान्ने हो भने यौन जीवनसँग पैसा र पैसासँग यौन जीवन जोडिएको पाइन्छ ।
पैसाको दबाबले यौन जीवनलाई असर गरेपछि व्यक्तीको वैवाहिक जीवनमा पनि असर देखिन्छ । त्यसैले अनुसन्धानकर्ताले पैसा वा प्रेम मध्ये एक रोज्न सल्लाह दिन्छन् । जीवनमा दुवैकुराको महत्वलाई ध्यान दिएर जीवनलाई सफल बनाउनु पर्नेमा अनुसन्धानकर्ताको जोड रहेको छ ।
पैसा कमाउने ध्यानले प्रेम जीवन समाप्त हुने र प्रेम जीवनको प्रभावमा पर्नेहरु पैसासँग टाढा हुने खालको समस्या विश्वव्यापी रहेको छ । त्यसैले यसलाई ब्यालेन्स बनाएर संगसंगै जानुपर्नेमा केहीले जोड दिएका छन् । अमेरिकाको एक विश्वविद्यालयले गरेको अध्ययनमा तनाव र दबाबको मुख्यकारणको रुपमा पैसा रहेको तथा त्यसको असर मानिसको यौन जीवनमा पनि परिरहेको फेला परेको छ ।
पैसा बिनाको प्रेम र प्रेम बिनाको पैसा दुवैमा असफल सावित भएकाले यसलाई सन्तुलन राख्न जरुरी छ । अध्ययनहरुका अनुसार हरेक १० जोडीमा चार जोडीको सम्बन्धमा पैसा आउने गरेको छ । यौ’न जीवनमा भने अल्पकालीन यौन सम्बन्ध जोड्नमा पैसाले प्रोत्साहन गरेको पाइएको छ ।
काम, पैसा र सेक्स जीवनका धेरै नै संवेदनशील कुराहरु भएकाले कुनै एक बीना जीवन अपुरो हुने निष्कर्ष बेलायती एक अध्ययन टोलीको छ ।
पैसाले मात्र, र यौनले मात्र जीवन सफल नहुने भएकाले यी सबै कुरालाई सन्तुलनमा राखेर अगाडि बढेमा जीवन सफल हुने बिज्ञहरुको तर्क छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
