एजेन्सी । गर्भतीहरुको कोठामा राखिने तस्विरको विषयमा विषेश ध्यान पुर्याउनु पर्ने वास्तुशास्त्र बुझाउँछ । तस्विरका साथसाथै कोठाको माहोलले पनि गर्ववतीलाई विशेष प्रभाव पार्दछ ।
मानसिक रुपमा कुनै समस्या भए नभएको कुरामा पनि ध्यान पुर्याउनु पर्ने देखिन्छ । भनिन्छ, गर्भावस्थामा आमालाई कुनै तनाव भए त्यसको प्रतक्ष्य असर बच्चालाई पनि पर्न सक्छ । वास्तुशास्त्रका अनुसार गर्भवतीले आफ्नो कोठामा राख्न नहुने सामानहरुबारे चर्चा गरिएको छ ।
१. कोठामा कहिल्लै पनि हिंसक जनावरको तस्विर राख्नु हुन्न ।
२. कोठामा तिखो वस्तु राखिनुलाई अशुभ मानिन्छ । तिखो वस्तु राख्नाले नकरात्मक उर्जा उत्पन्न हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख छ ।
३. युद्धको काहानी र भुतप्रेतको कथा भएको डरलाग्दो किताब गर्भवती महिलाको कोठामा राख्नु हुन्न ।
४. कोठामा डुब्दै गरेको जहाजको तस्विर, युद्धको तस्विर वा त्यसकिसिमका कुनै पनि चिज राख्नु राम्रो मानिन्न ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
