होसियार ! कसिलो ब्रा लगाउनु हुन्छ ?

एजेन्सी । महिला तथा युवतीहरुले भित्री बस्त्रका रुपमा ब्रा लगाउने गर्दछन् । कतिपय युवतीले साइजलाई वास्ता नगरिकन ब्रा खरिद गर्ने गर्छन्।

सामान्य लाग्ने यस्तो लापरवाहीले शरीरलाई धेरै असहज गरिरहेको हुन्छ।तर, कसिलो ब्रा लगाउँदा गम्भीर किसिमले गर्दन तथा ढाड दुख्न सक्छ । कतिपय महिला जानीजानी कसिलो ब्रा पहिरिरहेका हुन्छन्। तर, यसले गर्दा काँध, दुख्ने हातको पाता दुख्ने र गर्दनमा पनि दुख्ने गर्छ। ब्रा ले महिलाको स्तनलाई छातीमै रहन सहयोग गर्छ। तर, धेरै कसिएको ब्रा लगाउँदा यसले छातीमा सहज तरिकाले रगत सञ्चालन हुन दिँदैन।

Advertisement

यसले टाउकोसँग सम्बन्धित गम्भीर रोग पनि लाग्न सक्छ। लामो समयसम्म कसिएको ब्रा पहिरिँदा काधमा दाद जस्तो गहिरो दाग बन्न सक्छ। जसले गर्दा चिलाउने र पोल्ने हुन्छ। लामो समयसम्म लगाउँदा काँधमा निलो डाम बस्ने र त्यसबाट दादको संक्रमण हुन सक्छ। नमिलेको ब्रा लगाउँदा स्तनलाई सहयोग गर्नको सट्टा गर्दनमा दुखाइ बढ्न जान्छ र ढाडमा बढी दबाब पर्छ।

यसले टाउको र गर्दनमा जाने रगतलाई रोकिदिन्छ। त्यसरी रोकेपछि टाउको दुख्ने समस्या आउँछ। कहिलेकाहीँ नमिलेको ब्रा र अन्डरवेयर लगाउँदा टाउको, छाती, ढाडको हड्डीमा पनि असर पर्छ । हड्डीमा असर गर्दा कहिलेकाहीँ श्वासप्रश्वासमा पनि समस्या हुने गरेको पाइन्छ।

गलत साइजको ब्रा लगाउँदा पेटलाई पनि खराब गर्छ। एउटा शोध अनुसार महिलाको छातीसँग जोडिएको दुखाइ प्रायः गरेर कसेर लगाइने ब्रा सँग सम्बन्धित छ गलत तरिकाले ब्रा लगाएर बस्दा गर्दन तलतिर झुक्छ र धेरै प्रकारका समस्या देखिन्छन्।

More News last news
Loading...