एजेन्सी । भात पकाउने बेला हामीले चामलको पानी फ्याक्ने गर्छौं। तर, भारतीय नेशनल इन्स्टिच्यूट अफ आयुर्वेदका डा. ओ.पी. दाधीचले चामलको पानी मानव स्वास्थ्यका लागि निकै लाभकर हुने बताएका छन्।
चामलको पानीमा भरपुर कार्बोहाइड्रेड र अमिनो एसिड पाइने गर्छ। जसले शरीरलाई शक्ति दिने डाक्टर दाधीचको भनाई छ।
चामलको पानीका नौं फाइदाः
कमजोरी हटाउँछ
चामलको पानी निकै शक्तिबद्र्धक हुन्छ। यो पानी पिएपछि शरीरलाई शक्ति मिल्छ । कमजोरी हट्छ।
पेट पोलिने समस्या हट्छ
पेट पोलिने समस्या छ भने एक कप चामलको पानी पिउनुहोस् । समस्या समाधान हुन्छ ।
मुहारको दाग धब्बा हट्छ
मुहारमा डण्डीफोर, दाग धब्बा, छ भने चामलको पानीले मुख धोए हट्छ। छाला सफा र चम्किलो हुन्छ।
कब्जियतबाट राहात
चामलको पानीमा धेरै फाइबर्स हुन्छ । यो पानी पिएमा अपच हुने समस्या हट्छ । अनि बब्जियतको समस्या पनि समधान हुन्छ ।
पानीको कमी हुन दिँदैन
शरीरमा पानीको कमी भएको खण्डमा चामलको पानी पिउनु पर्छ । छिटै आमाम मिल्छ ।
भाइरल संक्रमण
तपाइलाई भाइरल फिबर भएको छ भने चामलको पानी पिउनुहोस् । शरीरमा शक्ति मिल्नुका साथै आराम महशुस हुन्छ ।
कपाल स्वस्थ राख्न
स्याम्फुले कपाल धोएपछि चामलको पानी कन्डिशनर जस्तै प्रयोग गर्नुहोस् । यसले कपाल झर्ने समस्या हट्छ । साथै कपाल सिल्की र सफा देखिन्छ भने छिटो बढ्ने हुन्छ ।
आँखाको चमक बढाउन
आँखाको चमक राम्रो छैन भने चामलको पानीले राहात दिन सक्छ । राती सुत्नुभन्दा अघि चामलको पानी आँखाको आसपास लगाउनुहोस् । केही दिनमा आँखाको चमक बढ्ने छ ।
बान्ता हुने समस्याको सामाधान
लगातार बान्ता हुने समस्या भइरहेको छ भने चामलको पानी प्रयोग गर्न सकिन्छ । दिनको २–३ पटक चामलको पानी पिएमा त्यो समस्या छिटै निको हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
