अमेरिकाको रिसर्च सेन्टरले गरेको एक परिक्षणमा नङले केहि जटिल रोगहरुको लक्षण देखाउने जनाएको छ। सार्वजनिक गरिएको प्रतिवेदन अनुसार नङको रंग अनुसार फोक्सोको क्यान्सर, मुटु रोग तथा किड्नी रोग थाहा पाउन सक्छौँ।
अध्ययन अनुसार नङको टुप्पो रातो देखिन्छ भने फोक्सोको क्यान्सर अथवा मुटु रोगलाई जनाउछ। त्यसैगरी, नङ पहेलो देखिन्छ भने स्वास प्रस्वास सम्बन्धि रोगलाइ बुझाउछ।
साथै, नङ आधा रातो र आधा सेतो देखिन्छ भने मृगौलाको रोगलाई जनाउछ । सेन्टरले हरेकले महिनाको एक चोटी आफ्नो नङको रङ याद गर्न पनि सुझाव दिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
