स्वस्थ रहन कुन उमेरमा कति घण्टा सुत्ने ?

काठमाडौं । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ। तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन्। यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन्।

अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ ।

Advertisement

शून्यदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ ।

चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ ।

एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ ।

तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।

६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ ।

चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।

अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ ।

पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ ।

More News last news
Loading...