काठमाडौँ । किशोर र किशोरी अवस्थामा डण्डीफोरले युवायूवतीको अनुहार नै फरक बनाउँने गर्छ श्र त्यस कारण डण्डिफोरलाई हटाउनको लागि के गर्नुपर्ला भनेर चिन्तीत हुनुहुन्छ त्यसको लागि के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने बारेमा जानकारी लिनुहोस्।
जथाभाबी चलाउने र ध्यान नदिने हो भने डण्डीफोरले कुरुप नै बनाउने खतरा समेत हुन्छ ।यसरी डण्डीफोर आउदाँ धेरैले विभिन्न उपचार पनि गरिरहदाँ फाइदा भने नभएको हुन सक्छ । प्रायः जसो १४ देखि ३० वर्ष उमेरसम्मका लागि धेरै नै सताउने यो समस्या समाधान गर्न आयूर्वेदीक पद्धती समेत रहेको छ ।आयुर्वेदले डण्डीफोरलाई यौवन पिडक नाम दिएको छ।
छालामा असर गर्ने डण्डीफोरकोालागि आयुर्वेदले छालाको लागि महत्वपूर्ण जडिबुटिहरुमा प्रयोग गर्न सल्लाह दिन्छ। घिउकुमारी, अर्जुन, बदाम, मञ्जिष्ठा, चन्दन, बेसार, गुलाब, निम आदिको प्रयोग गरे डण्डीफोरबाट छुटकारा पाउने आयुर्वेदका ज्ञाताहरुको भनाई छ ।यसैगरी लाभदायी आहार, समय तालिका अनुसार मात्रा मिलाएर र राम्रोसंग चपाएर खानेलाई यस्तो समस्या कम हुने आयुर्वेदमा उल्लखे छ।
जसकालागि अघिल्लो पटक खाएको खाना पचिसकेपछि अर्को पटक खान समेत आयुर्वेदका ज्ञाताहरुले सुझाब दिए। विषेशगरि यूवतीहरुमा यस्तो समस्या देखिन्छ जसले ज्यादा मलासादार, चिल्लो, अमिलो खाने गरेका छन। त्यसैले पनि यस्ता चिज नखाने ,ताजा साग सव्जी र रेसादार तरकारी खाने गर्दा समेत डण्डीफोरबाट बच्न सकिन्छ।
डण्डीफोर हटाउन चाहानुहुन्छ भने प्रशस्त मात्रामा पानी, जुस पिउने गर्नुहोस्। भिटामिन इ र ए ज्यादा भएका खाना जस्तै फर्सी, मेवा, गाँजर, काँक्रो खाने र चुरोट, रक्सी, सूर्ती, चिया, कफी, नखान सल्लाह छ।
पटक पटक सफा पानीले अनुहार धुने, ताजा मेथीको पातलाई पानी मिसाई पेष्ट बनाई राती प्रयोग गर्ने गर्दा समेत राहत हुन्छ ।यसैगरी कागती रस र दूधलाई उमालेर मुख धुने, दालचिनीको पाउडरलाई महसँग मिसाई लेप लगाउने, घिउकुमारी चोप सिधै अनुहारमा लगाउने, चन्दन र बेसारलाई लेप बनाई लगाउने गर्दा समेत डण्डीफोरबाट मुक्ति पाइन्छ।
कतिपयको बानी डण्डीफोरलाई खेलाइरहने, निचोर्ने हुन्छ। यो गतल हो। यसले अनुहारलाई कुरुप बनाउन सक्छ। चिकित्सकको सल्लाह अनुसार हर्बल सामाग्री प्रयोग गर्ने र ज्यादा बाहिर घाममा नहिँड्ने गरेर यसरी घरेलु उपचारबाट पनि डण्डीफोरको उपचार सम्भव भएन भने आयुर्वेद चिकित्सकसँग परीक्षण गराएर औषधि सेवन तथा वाह्य प्रयोगमा ल्याउँने गर्नु पर्ने हुन्छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
